३१ जेष्ठ २०७८, सोमबार
गृह सेती अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु
सेती अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

कैलाली। कैलालीको सेती अस्पतालमा उपचाररत थप दुई कोरोनाभाईरस संक्रमितको मृत्युभएको छ।

अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूषको मृत्युु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन्।


बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमितको आइसियूमा उपचार भइरहेको थियो। श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनिया समेत भएको श्रेष्ठले बताए।

लम्कीचुहाका संक्रमित बैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर