५ असार २०७८, शनिबार
गृह निषेधाज्ञाका बेला खरिद प्रक्रिया स्थगित गर्न माग
निषेधाज्ञाका बेला खरिद प्रक्रिया स्थगित गर्न माग

काठमाडौं। निषेधाज्ञाको अवधिमा सम्पूर्ण खरिद प्रक्रिया स्थगित नेपाल निर्माण व्यवसायी महासंघले गर्न माग गरेको छ।

महासंघले अति आवश्यक सेवाबाहेकका खरिद प्रक्रियाहरुमा निर्माण व्यवसायी सदस्यहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवत–जावत गर्न नसक्ने, बैंक ग्यारेन्टीलगायत कागजात तयार गर्न नसकिने भन्दै सम्पूर्ण खरिद प्रक्रिया स्थगित गर्न माग गरेको हो।


ती सबै बोलपत्रहरुको म्याद कम्तीमा १५ दिन थप गर्न महासंघका महासचिव रोशन दाहालले माग गरेका छन्।

यस्तै, महासंघले कोभिड—१९ का कारण गत वर्षझैँ यसपटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण व्यवसायीहरूले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने संकेत देखिएको जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर