२० श्रावण २०७८, बुधबार
गृह कपिलवस्तुमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
कपिलवस्तुमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

काठमाडौं। कपिलवस्तुमा बुवाले छोरीलाई बलात्कार गरेका छन्। जिल्लाको बुद्धभूमि नगरपालिका–३ स्थित घनचौराका ४० वर्षीय बुवाले १६ बर्षिया छोरीलाई बलात्कार गरेका हुन्। छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ।

छोरीले आफु बुवाबाट बलात्कारको शिकार भएको आरोप लगाएर ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा उजुर गरेकी छिन्। छोरीको उजुरीका आधारमा बुवालाई पक्राउ गरिएको गोरुसिङ्गेका इन्सपेक्टर लिलाराज आचार्यले बताए। गत फागुन र चैतमा छोरीलाई ति पुरुषले घरमै बलात्कार गरेका हुन्।


Facebook Comments

हरेक खबर खास खबर