४ असार २०७८, शुक्रबार
गृह थप दुईजना काेराेना संक्रमितको मृत्यु
थप दुईजना काेराेना संक्रमितको मृत्यु

सुर्खेत। कर्णाली प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सुर्खेत र सल्यानका एक र एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार ती पुरुषमा श्वासप्रश्वास प्रणालीमा अवरोधको समस्या भएपछि वैशाख ११ गते प्रदेश अस्पताल भर्ना गरिएको थियो।


यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बस्दै आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए।

श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बेलुका सवा ८ बजे उनलाई अस्पतालमा ल्याइएको र अक्सिजन दिँदादिँदै मृत्यु भएको उनले बताए। योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

Facebook Comments

हरेक खबर खास खबर