२४ बैशाख २०७८, शुक्रबार
गृह म्यानमारमा हवाई सेनाको शिविरमा आक्रमण
म्यानमारमा हवाई सेनाको शिविरमा आक्रमण

काठमाडौं। म्यानमारमा हवाइ सेनाको दुई शिविरमा आक्रमण भएको छ। अज्ञात समूहले एउटा शिविरमा विष्फोट र अर्कोमा रकेट आक्रमण गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन।

म्यानमारको सेनाले भने आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन। समाचारमा उल्लेख गरिए अनुसार मागवे सहरस्थित एक सैन्य शिविरमा बिहीबार बिहानै विष्फोट गराइएको थियो।

विष्फोटपछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने आक्रमणको केही समयपछि मेइकटिलास्थित मुलुकको प्रमुख हवाई सैनिक बेसमा पाँचवटा रकेट आक्रमण भएको थियो।

म्यानमारमा फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकारलाई हटाउँदै सत्ता कब्जा गरेसँगै म्यानमारमा निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ।

सेनाविरुद्धको प्रदर्शनमा अहिलेसम्म ७५६ प्रदर्शनकारी मारिइसकेका छन्। पछिल्लो केही समययता म्यानमारका धार्मिक अल्पसंख्यक समुहले सेनामाथि छापामार आक्रमण सुरु गरेका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर