३१ जेष्ठ २०७८, सोमबार
गृह माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी खसालियो
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी खसालियो

काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा पानी खसालिएको छ।

बिहिबार सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले चार सय ५६ मेघावाट क्षमताको आयोजना स्वीच थिचेर पानी खसालेका हुन्।


उनले नेपालको जलविद्युत क्षेत्रको इतिहासमा यो सबैभन्दा खुसीको क्षण रहेको बताएका छन्। उनले भने छन,‘योसँगै नेपाल राष्ट्र र नेपाली जनताले विद्युत निर्यातको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गौरवको अनुभूति पनि गर्न पाउनेछन्।’

उनले केही दिन भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्ने जानकारी दिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर