४ असार २०७८, शुक्रबार
गृह १७ देशमा भेटियो कोरोना भाइरसको ‘इन्डियन भेरियन्ट’
१७ देशमा भेटियो कोरोना भाइरसको ‘इन्डियन भेरियन्ट’

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको  ‘इन्डियन भेरियन्ट’ विश्वका १७ देशमा पुगेको जनाएको छ। डब्ल्यूएचओका अनुसार विश्वभर थपिएका संक्रमितमध्ये ४२ प्रतिशत भारतका मात्रै छन्।

पछिल्लो पटक २४ घण्टामा भारतमा ३ लाख ७९ हजार २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ। अहिले इन्डियन स्ट्रेन अथवा बी.१.६१७ भेरियन्ट (डबल म्युटेसन भेरियन्ट) का कारण भारतमा लगातार कोरोना संक्रमण बढेको बढ्यै छ। कोरोनाले त्यहाँको स्वास्थ्य प्रणालीले नै अस्तव्यस्त बनाइदिएको छ।


भारतमा भैरहेको लगातारको डर लाग्दो संक्रमणलाई डब्ल्यूएचओले ‘भेरियन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको छ। डब्लुएचओका अनुसार पछिल्लो पटक भारतीय बहुल फिजीमा पनि कोरोनाको ‘इन्डियन भेरियन्टु भेटिएको छ

डब्लूएचओका अनुसार विश्वमा बितेको साता मात्रै कोरोनाबाट ५७ लाख ८९ हजार बढी संक्रमित भएका छन्। उक्त तथ्यांक पहिलेको कोरोना लहरभन्दा अत्यधिक धेरै हो।

Facebook Comments

हरेक खबर खास खबर