१० असार २०७८, बिहीबार
गृह राक्षस आएको भन्दै भारतमा कोरोना संक्रमितहरू झाँक्रीको शरणमा
राक्षस आएको भन्दै भारतमा कोरोना संक्रमितहरू झाँक्रीको शरणमा

भारत। भारतमा कोरोना संक्रमण ह्वात्तै बढेर गएपछि गाउँतिर मानिसहरू झाँक्रीलाई देखाउन थालेका छन्। झाँक्रीहरूले रोगीलाई तातो फलामले डाम्ने गरेका छन्।

महाराष्ट्रको दुर्गम भागमा रहेको चिँचपाडामा रोगीहरू शरीरमा फलामको डाम लिएर आएको क्रिस्चियन अस्पतालकी डा अशिता सिंहले बताइन्। भूतप्रेतले संक्रमण गराएको र त्यो भगाउन फलामले डामेको उनीहरूको भनाइ छ।


अरू गाउँले चाहिँ जडीबुटीमा निर्भर छन् भने अन्य केही गाउँमा राक्षस आएको र रोग फैलाइरहेको भन्दै भागेका छन्। उनीहरू यसरी भाग्दा संक्रमण थप द्रुत गतिमा फैलिरहेको छ ।

क्रिस्चियन अस्पतालमा ८० जनासम्म रोगीलाई हेर्न मिल्छ। रोगीहरू केही नलागेपछि बल्ल अस्पताल आउने गरेको र बचाउन नसकिने अवस्थामा पुगेको अवस्थामा हुने डा सिंहको भनाइ छ।

Facebook Comments

हरेक खबर खास खबर