४ असार २०७८, शुक्रबार
गृह बाबुराम भट्टराई ट्युमरको शल्यक्रियाका लागि अस्पताल भर्ना
बाबुराम भट्टराई ट्युमरको शल्यक्रियाका लागि अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्यूमरको शल्यक्रिया लागि अस्पताल भर्ना भएका छन्।

काठमाडौंस्थित वीर अस्पतालमा डा. भट्टराई बिहीबार अस्पताल भएको उनका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले जानकारी दिए। उनका अनुसर डा. सुबोध अधिकारीको नेतृत्वमा वैशाख १७ गते शल्यक्रिया गरिने भएको छ।


डा. भट्टराईले आफू अस्पताल भर्ना भएको सामाजिक संजाल ट्वीटमार्फत पनि जानकारी गराएका छन्। यसअघि ट्युमरमा क्यान्सरको शंकामा भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो।

परीक्षणपछि चिकित्सकले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका थिए। शल्यक्रियाद्वारा ट्युमर भने चाँडो फाल्नुपर्ने चिकिसत्कले सुझाव दिएका थिए।

Facebook Comments

हरेक खबर खास खबर