५ असार २०७८, शनिबार
गृह देशभर थप ४,९२८ जनामा कोरोना संक्रमण पुष्टि
देशभर थप ४,९२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४,९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३,५६० एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज ३५ जनाको मृत्यु भएको छ। यो संख्या अहिलेसम्मकै उच्च हो। गएको कात्तिक १९ गते एकैदिनमा सर्वाधिक ३० जनाको मृत्यु भएको थियो। कूल मृतक संख्या ३,२४६ पुगेको छ।


सक्रिय संक्रमित संख्या ३४,११७ पुगेको छ। पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् । नेपालमा कूल संक्रमित संख्या ३ लाख १७ हजार ५३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर