१० असार २०७८, बिहीबार
गृह चीनले दाबी गर्ने सागरबाट सेना नफर्काउने फिलिपिन्सको भनाइ
चीनले दाबी गर्ने सागरबाट सेना नफर्काउने फिलिपिन्सको भनाइ

चीनले दाबी गर्ने दक्षिण चीन सागरमा फिलिपिन्सले सैन्य जहाजहरु पठाएको छ।

विवादित जलक्षेत्रमा सैन्य जहाजहरु पठाएसँगै त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्तेले दक्षिण चीन सागरबाट आफूले सेनाहरु नफर्काउने भन्दै चीनलाई चुनौती दिएका छन्।


देशको सार्वभौमिकताको विषयमा कुनै सम्झौता र छलफल नहुने बताउँदै डुटेर्तेले चीनबाट आफूहरुले कुनै किसिमको समस्या र युद्ध नचाहेको बताएका छन्।

फिलिपिन्सको समुद्री क्षेत्रनजिक चीनका सयौं माछा मार्ने डुंगाहरु आएपछि फिलिपिन्सले पनि चीनले दाबी गर्ने जलक्षेत्रमा आफ्नो सेना पठाएको हो।

दक्षिण चीन सागरमा फिलिपिन्सको पनि दाबी छ त्यसकारण आफ्नो अधिकारको लागि भन्दै उसले त्यहाँ सेना पठाएको हो।

Facebook Comments

हरेक खबर खास खबर