२ जेष्ठ २०७८, आईतवार
गृह बाबुराम र उपेन्द्रले गरेको फर्जी कामले मान्यता पाउँदैनः राजेन्द्र महतो
बाबुराम र उपेन्द्रले गरेको फर्जी कामले मान्यता पाउँदैनः राजेन्द्र महतो

काठमाडौं। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताएका छन्।

सञ्चाकर्मीसंग करा गर्दै नेता महतोले सांसद पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै स्वीकार नगर्ने प्रतिकृया दिए। लुम्बिनीका सभामुखले गलत काम गरेको महतोको भनाई छ।

प्रदेशसभा सचिवालयले शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका चार सांसदलाई जसपाको केन्द्रीय कार्यकारिणी समितिको निर्णय बमोजिम प्रदेश समितिको पत्रका आधारमा पदमुक्त भएको सूचनापत्र निकालेको छ।

विहीबार प्रदेशसभा सचिवालयले सूचनापत्र निकाल्नुअघि नै अध्यक्ष महन्थ ठाकुरले उनीहरुलाई कारवाही नभएको र संसदीय दलले नै प्रदेश समितिको कामकाज गर्ने जनाएका थिए।

यसैबीच जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको कुनै पनि कमिटीले चार सांसदलाई कारवाही नगरेको भन्दै सभामुखले फर्जी सिफारिसलाई आधार मानेर कारवाही गरेकाले त्यसले मान्यता नपाउने बताएका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर