५ जेष्ठ २०७८, बुधबार
गृह नेपालमा बिहानै थप ५ कोरोना संक्रमितको मृत्यु
नेपालमा बिहानै थप ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। नेपालमा थप ५ जना कोरोनाभाईससंक्रमितको मृत्यु भएको छ। पर्सामा बिहीबार राती तीन जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा वीरगंज महानगरपालिकाऔ३ की ४७ वर्षीया महिला, वडा नम्बर १६ नगवाकी ४८ वर्षीया महिला र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा‍. सरोज रोसन दासले जानकारी दिए।

वीरगंज महानगरपालिका वडा नम्बर ३ की महिलालाई १४ गते अस्पताल भर्ना गरिएको थियो। वडा नम्बर १६ नगवाकी महिला १२ गतेदेखि नै भार्ना भएर उपचाररत थिइन्। त्यस्तै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुष १० गते अस्पताल भर्ना भएका थिए।

तीनै जनाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

यता कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कजिल्लाको लम्कीचुहाका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी बैशाख ७ गते सेती प्रादेशीक अस्पतालमा भर्ना भएका थिए।

उनी निमोनियाको बिरामी रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। आज बिहान साढे चार बजेको समयमा उनको मृत्यु भएको हो।

यस्तै गोदावरी नगरपालिका वडा नम्बर ११ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर