१० असार २०७८, बिहीबार
गृह पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्षको निधन
पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्षको निधन

वीरगञ्ज। पर्साको कालीमाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको निधन भएको छ। शुक्रवार बिहान २ः३० बजे वीरगंज ११ श्रीपुरस्थित डेरामा उनको मृत्यु भएको उनको परिवारले जनाएको छ।

एक सातादेखि उच्च ज्वरोले पीडित उनलाई पछिल्लो पटक कमजोरी र दिशापिसाबमा समस्या देखिएको थियो। लामो समयदेखि राजनीतिमा सक्रिय रहेका कुशवाहा ८४ वर्षका थिए। उनको मृत्युले पर्सेली विभिन्न राजनीतिक दल तथा अन्य सरोकारवाला अच्चभित भएका छन्।


ज्वरो निको भएपछि उनले कोरोना जाँच गराएका थिएनन्। पूर्व राज्यमन्त्री रिजवान अन्सारी अध्यक्ष रहेको नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट कालिकामाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित कुशवाहा यसअघि भेडिहारी गाउँ पञ्चायतमा एक पटक र प्रजातन्त्र आएपछि तीन पटक गाविस अध्यक्ष बनेका थिए।

Facebook Comments

हरेक खबर खास खबर