२६ बैशाख २०७८, आईतवार
गृह निषेधाज्ञाकै बीच आज ७७ आन्तरिक उडान हुँदै
निषेधाज्ञाकै बीच आज ७७ आन्तरिक उडान हुँदै

काठमाडौं। काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा जारी भएको छ।

निषेधाज्ञामा सार्वजनिक तथा निजी सवारी साधानहरु सञ्चालानमा रोक लगाइएको छ। तर निषेधाज्ञा जारी भएको दोस्रो दिन (शुक्रबार) त्रिभुवन विमानस्थलबाट ७७ उडान हुने भएको छ।

शुक्रबार नेपाल एयरलाइन्सले ४, बुद्धले ३५, यतिले २०, ताराले ४, श्रीले १२ र सम्मिटले २ उडान गर्ने बताइएको छ। यसअघि निषेधाज्ञा जारी भएको पहिलो दिन आन्तरिक हवाइमार्ग प्रयोग गरेर ५४ सय यात्रु बाहिरिएका थिए।

बिहीबार एकै दिन १०४ आन्तरिक उडान भएको विमानस्थलले जनाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर