५ जेष्ठ २०७८, बुधबार
गृह वीरगन्जमा कोरोनाबाट थप ३ संक्रमितको मृत्यु, १७५ नयाँ संक्रमित थपिए
वीरगन्जमा कोरोनाबाट थप ३ संक्रमितको मृत्यु, १७५ नयाँ संक्रमित थपिए

पर्सा। पर्सामा कोरोनाभाईरस संक्रमणबाट थप ३ संक्रमितकोमृत्यु भएको छ। नारायणी अस्पतालको आइशोलेसनमा उपचाररत पर्साका २ र बाराका १ गरी ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवाकी ४८ वर्षिया महिलाको शुक्रबार बिहान पौने २ बजे मृत्यु भएको हो। निमोनियाले सिकिस्त भएकी उनको उपचारका लागि अस्पतालमा बैशाख १२ गते भर्ना भएको र त्यहि दिन पीसीआर परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै बिहीबार राती नै पर्साको वीरगन्ज महानगरपालिका–३ की ४७ वर्षिया महिलाको पनि नारायणी अस्पतालमै मृत्यु भएको छ। बैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यहि दिन अस्पतालमा भर्ना भएकी उनको बिहीबार राति साढे ९ बजे मृत्यु भएको डाक्टर दासले जानकारी दिए।

यस्तै बाराको जीतपुरसीमरा उपमहानगरपालिका (२४ का ७७ वर्षिय पुरुषको भने बिहीबार राति पौने १२ बजे मृत्यु भएको हो। बैशाख १० गते नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको त्यहि दिन पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

१७५ संक्रमित थपिए
वीरगन्जमा थप १७५ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति २ सय ८८ जनाको स्वाब नमुना परीक्षण गर्दा आधाभन्दा बढी अर्थात १ सय ७५ जनामा संक्रमण भेटिएको हो।

थपिएका १७५ संक्रमितमध्ये पर्सा जिल्लाका मात्र १ सय ३१ जना संक्रमित थपिएका छन्।

यस्तै बाराका ३४ जना, सर्लाहीका ५ जना, रौतहटका ३ जना तथा महोत्तरी र दाङ जिल्लाका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर