४ असार २०७८, शुक्रबार
गृह विप्लवका दाजु वीरजंग चितवन कारागारबाट रिहा
विप्लवका दाजु वीरजंग चितवन कारागारबाट रिहा

चितवन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ जिल्ला कारागार चितवनबाट छुटेका छन्।

वीरजंग २०७७ असोज २८ गतेदेखि चितवन कारागारमा रहेका थिए। नेकपा र सरकारबीच शान्तिपूर्ण राजनीतिमा आउने र नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका थुप्रै नेता कार्यकर्ताहरु यसअघि नै रिहा भएका थिए।


वीरजंगले २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए। जिल्ला अदालत नवलपरासीले रिहा गर्ने आदेश दिएपछि उनी रिहा भएका हुन्।

जेलर काफ्लेका अनुसार वीरजंग बम विस्फोटको मुद्दामा कारागार चलान भएका थिए।

Facebook Comments

हरेक खबर खास खबर