४ असार २०७८, शुक्रबार
गृह मलाई संसारभरका जनताले चिन्छन्, तर घमण्ड गर्दिनः प्रचण्ड
मलाई संसारभरका जनताले चिन्छन्, तर घमण्ड गर्दिनः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई संसारभरका मान्छेले चिन्ने दावी गरेका छन्। शान्ति प्रक्रियापछि नेपाल देशभन्दा बढी प्रचण्डलाई चिन्नेजस्तो अवस्था भएको उनले जानकारी दिए

प्रचण्डले भने, ‘भारतमा मात्रै होइन संसारभरका मान्छेले मलाई चिन्छन्। मैले घमण्ड गर्यो भन्ने लाग्ला। तर, म जनयुद्धबाट शान्ति प्रक्रियामार्फत गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि नेपाल प्रचण्डको नामबाट चिनिन थाल्यो भन्थे पत्रकारहरू। संसारभरका मान्छेले नेपालभन्दा बढी प्रचण्डलाई चिनेजस्तो भएको छ। एउटा मिथजस्तो क्या।’


युद्धबाट शान्तिमा आएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्न दुर्लभ सफलता आफूले पाएको भन्दै उनले आत्मसन्तोष प्रकट गरे। उनले अहिले स्वदेशी तथा विदेशी शक्तिहरु आफूविरुद्ध हात धोएर लागिरहेको दावी गरे।

Facebook Comments

हरेक खबर खास खबर