५ असार २०७८, शनिबार
गृह खाली कागजमा बहुमत सदस्यको हस्ताक्षर, जसपाको माइन्युट उपेन्द्रको घरमा
खाली कागजमा बहुमत सदस्यको हस्ताक्षर, जसपाको माइन्युट उपेन्द्रको घरमा

काठमाडौं। जनता समाजवादी पार्टी विभाजन प्रक्रियामा अघि बढेको छ। लुम्बिनीका चार सांसदलाई उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरको निर्णय सुटुक्क पठाएर पदमुक्त गरेपछि पार्टी विभाजनमा अघि बढेको हो।

आधिकारिकता नबुझी लुम्बिनी प्रदेशका सभामुख पूर्णवहादुर घर्तीले ६ सदस्यीय संसदीय दलका चारजनालाई पदमुक्त गर्ने प्रक्रिया नै गलत रहेको भन्दै यसलाई कानुनी चुनौति दिने महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको तयारी छ। स्वयं पदमुक्त भएका सांसदहरु अदालत जाने भएका छन्।


जसपाको बाबुराम–उपेन्द्र पक्ष तत्कालै ओलीलाई सत्ताच्यूत गर्ने मनस्थितिमा छन्।संघीय सरकारमा केपी ओलीसँग वार्ता गरेर १२० जना मधेश आन्दोलनका नेता कार्यकर्ताको मुद्दा फिर्ता गराउन सफल भएको महन्थ ठाकुर पक्षले यसलाई ठूलो उपलब्धीका रुपमा लिएको छ।

ठाकुर पक्ष ओलीको विकल्प खोज्ने पक्षमा छैन। पटक पटक अविश्वास प्रस्तावको पक्षमा जान आग्रह गरे पनि ठाकुर तयार नभएपछि बाबुराम र उपेन्द्रले ५१ सदस्यीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षर खाली कागजमा गराएका छन्।

यो कागज पार्टीमा अर्को पक्षका नेता तथा सांसदहरुलाई कारवाही गर्ने, केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि प्रयोग गर्ने प्रयोजनका लागि भएको श्रोतले बतायो।

गत मंगलवार केन्द्रिय पार्टी कार्यलय वालकुुमारीमा जसपाका शीर्ष पाँच नेताको बैठक बस्दा उपेन्द्र यादवले तत्काल केन्द्रीय कार्यकारणी समितिको बैठक बोलाउन माग गरेका थिए।

तर ठाकुर र महतोले कोराना संक्रमणका कारणमा काठमाडौंमा विहीवारदेखि निषेधाज्ञा लागेकाले खुलेपछि मात्रै बैठक गर्नु पर्ने आफ्नो भनाई राखेका थिए।

यादवले कार्यकारणी सदस्यहरुलाई सादा कागजमा हस्ताक्षर गराउदै उक्त हस्ताक्षर लुम्बिनी प्रदेशका चार सांसदको कारवाही र केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध काग्रेस माओवादी संग मिलेर अविश्वास प्रस्ताव ल्याउन प्रयोग गर्ने बताएका थिए।

यसअघि यादवले संसदीय दलको कार्यलयवाट जसपाको संसदीय दलको माइन्युट पनि गुपचुप रुपमा लगेर आफूसँगै राखेको जसपा स्रोतले जनाएको छ। मंगलवार यादवले कति जना कार्यकारणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेका थिए भन्ने प्रष्ट खुलेका छैन ।

Facebook Comments

हरेक खबर खास खबर