५ असार २०७८, शनिबार
गृह ८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा, गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र
८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा, गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेको छ। विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ।

एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले विश्वभर अझै पनि एक अरबभन्दा बढी कोरोनाविरुद्धको डोज छ।


उनले भने, ‘सच्याई यही हो। महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउने सबैभन्दा ठूलो चुनौति छ। किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडी हो।’

कोरोना महामारीलाई नियन्त्रणमा लिन अहिले एकमात्र उपाय धेरैभन्दा धेरै व्यक्तिलाई खोप दिनु नै रहेको डब्ल्यूएचओ प्रमुखको भनाइ छ।

Facebook Comments

हरेक खबर खास खबर