१० असार २०७८, बिहीबार
गृह गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि
गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्।


प्रकाशले काठमाडौं मेडिकल कलेजमा गराएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको उल्ल्ेख गरेका छन्।

‘अन्ततः काठमाण्डौ मेडिकल कलेज(केएमसी) का अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ ।’ उनले लेखेका छन् ।

उनले आफू होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्थामा सामान्य रहेको उल्लेख गरे।

Facebook Comments

हरेक खबर खास खबर