२ जेष्ठ २०७८, आईतवार
गृह कोरोना संक्रमणबाट आज तकका चर्चित पत्रकार सर्दानाको मृत्यु
कोरोना संक्रमणबाट आज तकका चर्चित पत्रकार सर्दानाको मृत्यु

काठमाडौं। चर्चीत भारतीय टेलिभिजन च्यानल आज तकका पत्रकार रोहित सर्दानाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

नयाँ दिल्लीस्थित मेट्रो अस्पतालमा ४१ वर्षीय सर्दानाको शुक्रबा मृत्यु भएको हो। उनलाई ६ दिन अघि मात्र कोरोना संक्रमण पुष्टी भएको थियो।

सर्दानाले जी न्युजमा पनि काम गरेका थिए। उनी उक्त च्यानल छाडेर सन् २०१७ मा आज तर्कमा आबद्ध भएका थिए। उनले ‘दंगल’, ‘दस तक’ लगायत कार्यक्रमहरु चलाउँदै आएका थिए।

सर्दानालाई कोरोना संक्रमण रहेपनि मृत्यु भने हृदयघातका कारण भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर