५ जेष्ठ २०७८, बुधबार
गृह इन्डोनेसियामा फेरि आइपुग्यो चिनियाँ खोप
इन्डोनेसियामा फेरि आइपुग्यो चिनियाँ खोप

काठमाडौं। चिनियाँ औषधि निर्माता कम्पनीहरुले उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपहरु पुनः शुक्रबार इन्डोनेसिया आइपुगेको छ। सञ्चार मन्त्री जोनी प्लेटले शुक्रबार सिनोभ्याक बायोटेक लिमिटेडबाट उत्पादित ६० लाख तथा चाइना नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) ले उत्पादन गरेको ४ लाख ८२ हजार ४०० डोज खोप इन्डोनेसिया आइपुगेको जानकारी दिए।

इन्डोनेसियाले हालसम्म सिनोभ्याकबाट कूल ६ करोड ५५ लाख डोज खोप प्राप्त गरिसकेको छ। साथै सिनोभ्याक, सिनोफार्म र कोभाक्स सुविधा मार्फत अस्ट्राजेनिकाको समेत गरी कूल ८४ लाख ४८ हजार डोज खोप पनि इन्डोनेसिया भित्रिसकेको छ।

यसैबीच, सिनोफार्मले उत्पादन गरेको खोप स्थानीय भाषामा “गोटोङ रोयोङ” भनिने एकै समूहलाई लक्षित गरेर दिइने छ। इन्डोनेसियाको खाद्य तथा औषधि नियामक प्रशासन (बिपोम)ले सिनोफार्म खोपलाई हालैमात्र आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

बिपोमका प्रमुख पेन्नी लुकिटोले सिनोफार्मले विकास गरेको कोभिड विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको शुक्रबार जानकारी दिनु भएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर