२ जेष्ठ २०७८, आईतवार
गृह नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत हुने प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं। केन्द्रीय तथ्याङ्क विभागले नेपालको प्रारम्भिक आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक प्रक्षेपण गरेको छ।

आर्थिक बर्ष २०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन ,उपभोग , बचत र लगानीलाई समेटर राष्ट्रिय लेखासम्वन्धी अनुमानहरू प्रस्तुत गरिएको छ।

विभागले राष्ट्रिय लेखा गणना गर्ने आधार वर्ष परिवर्तन गर्दै २०६७/६८ कायम गरेको छ। विभागले यो प्रक्षेपण चालु आर्थिक वर्षको वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरि गरेको हो।

उपभोक्ता मूल्य ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेपनि आधारभूत मूल्यमा भने ३.९८ प्रतिशत हुने विभागको अनुमान छ।

नौ महिनाको तथ्याङ्क समेटर प्रतिवेदन तयार पारिएकाले कोभिडको प्रभाव बढ्दै गएमा उक्त अनुमान घट्न पनि सक्ने विभागको भनाइ छ।

उपभोक्ता मूल्यबाट आर्थिक वृद्धिदर गणना गर्दा कर नघटाइने भएपनि आधारभूत मूल्यमा गणना गर्दा कर घटाएर आर्थिक वृद्धि गणना गरिने विभागले जनाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर