२ जेष्ठ २०७८, आईतवार
गृह एकै दिनमा ५,७२७ जनामा संक्रमण पुष्टि
एकै दिनमा ५,७२७ जनामा संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ।

१५,९१६ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन्। सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ।

कूल संक्रमित संख्या ३ लाख २३ हजार १८७ पुगेको छ। ३,२७९ जनाको मृत्यु भएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर