५ जेष्ठ २०७८, बुधबार
गृह काठमाडौं उपत्यकामा सक्रिय संक्रमित १७ हजार नाघे
काठमाडौं उपत्यकामा सक्रिय संक्रमित १७ हजार नाघे

काठमाडौं। काठमाडौं उपत्यकामा डरलाग्दो संख्यामा कोरोना संक्रमित थपिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २ हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १३३ गरी २ हजार ९ सय ५६ संक्रमित थपिएका छन्।

यी तीन जिल्लामा सक्रिय संक्रमित पनि विस्फोटक रुपमा बढ्न थालेका छन्। शुक्रबारसम्म काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ६६ छ।

उता ललितपुरमा सक्रिय संक्रमित २५ सय ४५ पुगेका छन्। भक्तपुरमा पनि सक्रिय संक्रमितको संख्याले उचाई लिँदैछ। त्यहाँ सक्रिय संक्रमित १३ सय २५ पुगेका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर