५ जेष्ठ २०७८, बुधबार
गृह डडेल्धुरामा बैशाख १९ देखि निषेधाज्ञा, के गर्न पाईन्छ, के पाइदैन?
डडेल्धुरामा बैशाख १९ देखि निषेधाज्ञा, के गर्न पाईन्छ, के पाइदैन?

डडेल्धुरा। जिल्ला प्रशासन कार्यालय डडेलधुराले वैशाख १९ गतेदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।

शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते बिहान ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको उनले बताए।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

खाद्य सामग्रीका पसलहरु बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइने छ।

‘निषेधाज्ञा लागेपछि अतिआवश्य कामकाज बाहेक हिँडडुल गर्न पाइने छैन। यस्तै निषेधाज्ञाको अवधिभर औषधी पसल, खाद्य पसल तथा समाग्री बाहेक अन्य पसल सबै बन्द रहनेछन्।’ प्रजिअ घिमिरेले भने।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन्। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।No photo description available.

May be an image of text

Facebook Comments
+ posts

हरेक खबर खास खबर