२ जेष्ठ २०७८, आईतवार
गृह मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पाँचथर। पाँचथरको फाल्गुनन्द गाँउपालिका तीन गुम्बाडाँडास्थित मेची राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

मेची राजमार्गको पौवाभञ्ज्याङदेखि राँकेतर्फ गएको बा ८५ प २२८० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा इलाम आमचोक घर भएका किरण राईको मृत्यु भएको हो।

सोही मोटरसाइकलमा सवार फाल्गुनन्द तीन निवासी अनिता तामाङ सामान्य घाइते भएकी छन्। सडकबाट मोटरसाइकल अनियन्त्रित भएर भिरमा खस्दा राईको घटनास्थलमै मृत्यु भएको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर