२४ बैशाख २०७८, शुक्रबार
गृह सेती अस्पतालमा तीन सङ्क्रमितको मृत्यु
सेती अस्पतालमा तीन सङ्क्रमितको मृत्यु

कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष र बर्दगोरीया गाउँपालिका– ५ का ४० वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै अस्पतालको प्रयोगशालामा ३६६ को नमूना परीक्षण गर्दा १०४ मा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। अस्पतालमा ५७ कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन्। त्यसमध्ये नौ जना सघन उपचारकक्ष, तीन जना भेन्टिलेटरमा र ३५ जना अक्सिजन सपोर्टमा उपचाररत रहेका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर