२६ बैशाख २०७८, आईतवार
गृह निषेधाज्ञामा थप कडाई, १३ नाका खुला रहने
निषेधाज्ञामा थप कडाई, १३ नाका खुला रहने

काठमाडौं। कोभिड संकट तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोरोनाभाइरस संक्रमणको स्थिती जटिल बन्दै गएको निष्कर्ष निकाल्दै थप कडाई गर्ने निर्णय गरेको हो।

यस्तै बेठकले भारतसँग सीमा जोडिएका २२ वटा नाकालाई पूर्णरुपमा बन्द गर्न र १३ वटा नाकामात्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। क्वारेन्टिनसहित खुला राख्ने निर्णय भएका नाकाहरुमा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, बिर्तामोड, गौर, वीरगंज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी छन।

सीसीएमसी संयोजक एवं उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार बैंक तथा वित्तिय संस्थाहरुलाई एक चौंथाइ कर्मचारी राखेर मात्र काम गर्न दिन सिफारिस गरेको छ।

बैठकले सार्वजनिक निर्माणका सबै काम बन्द गर्न पनि सिफारिस गरेको छ। उद्योगहरु संचालन गर्नुपर्ने भए मजदूर र कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरि संचालन गर्न दिन समेत सिफारिस गरेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर