२६ बैशाख २०७८, आईतवार
गृह मुलुकभर १२ वटा स्मार्ट सिटीको निर्माणका लागि प्रकृया शुरु
मुलुकभर १२ वटा स्मार्ट सिटीको निर्माणका लागि प्रकृया शुरु

काठमाडौं। सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ। सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासा लगायतका काम अगाडि बढाएको हो।

गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर निर्माणका त्यसको नाम ठाउँबारे निर्णय गरेको थियो। सरकारले स्मार्ट सहर निर्माण आयोजनालाई ‘गेम चेन्जर आयोजना’ का रूपमा अगाडि बढाएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर विकास आयोजनाका प्रमुख रोशन श्रेष्ठले देशभरि १२ वटा स्मार्ट सिटी निर्माण गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै सोको बजेट निकास, अध्ययन, डिजाइन निर्माण तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यासको तयारी भइरहेको जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले प्रदेश १ को धनकुटा र गौरीगञ्ज, प्रदेश २ को रौतहट जिल्लाको मौलापुर र चन्द्रपुर, बागमती प्रदेशको काभ्रेको काभ्रे भ्याली र भक्तपुरको गुन्डुलाई स्मार्ट सहर निर्माण गर्ने निर्णय गरेको थियो।

त्यसैगरी गण्डकी प्रदेशको वालिङ, लुम्बिनीको लुम्बिनी र तुलसीपुर, कर्णालीको दुल्लु तथा सुदूरपश्चिमको भीमदत्त र अमरगढी नामका स्मार्ट सहर निर्माण गर्ने निर्णय गरिएको थियो।

अहिले सहरी विकास तथा भवन विभागबाट प्रस्तावित १२ वटै स्थानको प्रमाणीकरण, डिजाइनलाई मिलाउने तथा लगत तयारीको काम भइरहेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर