५ जेष्ठ २०७८, बुधबार
गृह प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा जसपा बहुमत सांसदको हस्ताक्षर
प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा जसपा बहुमत सांसदको हस्ताक्षर

काठमाडौं। जनता समाजवादी पार्टी जसपाका बहुमत सांसद प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सहमत भएका छन्।

प्रतिनिधिसभामा ३२ सिट रहेको जसपाका १८ जना सांसद प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा उभिएका हुन्।

डा. बाबुराम भट्टराई–उपेन्द्र यादव समूहले १८ जना सांसदको हस्ताक्षर गरेको र हस्ताक्षरसहितको पत्र कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष पुगिसकेको पनि बताइएको छ।

गत वैशाख १४ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो। १४ गते बसेको बैठकको माइन्यूटमा २६ जनाको हस्ताक्षर रहेको छ।

सरकारमा जाने विषयमा जसपाभित्र विवाद कायम रहेका बेला यस्तो निर्णय आएको हो। अध्यक्ष महन्थ ठाकुर समूहले केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताउँदै आएको छ।

बाबुराम–उपेन्द्र समूह भने कांग्रस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठन गर्नुपर्ने अडानमा रहेका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर