२६ बैशाख २०७८, आईतवार
गृह भारतमा कोरोनाबाट मृत्यु भएकाको शव जलाउन घाटको अभाव
भारतमा कोरोनाबाट मृत्यु भएकाको शव जलाउन घाटको अभाव

काठमाडौं। भारतको राजधानी दिल्लीमा शव जलाउनका लागि घाटको अभाव भएको छ। कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेपछि दिल्लीमा घाटको अभाव भएको बीबीसीले जनाएको छ।

दिल्लीका सबै घाट २४ सै घण्टा चलाउँदा पनि दाहसंस्कारका लागि घण्टौँ पर्खनुपर्ने भएपछि दिल्ली प्रहरीका अधिकारीले घाटका लागि नयाँ ठाउँ खोज्न सरकारसँग माग गरेका छन्।

उपचारका लागि शय्या र अक्सिजन खोज्नुपर्ने तथा मृत्युपछि घाट पाउन मुस्किल भएपछि प्रहरी अधिकारीले थप घाटको व्यवस्था गर्न आग्रह गरेका बीबीसीले जनाएको छ।

दिल्लीमा एउटै घाटमा थुप्रै शव जलिरहेका र थुप्रै शव पालो पर्खिरहेका दुःखद दृष्यहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका छन्। यस्तै भारतकै बिहार राज्यमा पनि घाटको सङ्ख्या बढाइएको छ।

पटना नगर निगमले शवको सङ्ख्या बढ्दै गइरहेका बेला अन्त्येष्टिका लागि शवदाह गृहको सङ्ख्या बढाएको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर