५ जेष्ठ २०७८, बुधबार
गृह अफगानिस्तानको एक गेस्ट हाउस नजिक कार बम बिस्फोट, ३० जनाको मृत्यु
अफगानिस्तानको एक गेस्ट हाउस नजिक कार बम बिस्फोट, ३० जनाको मृत्यु

अफगानिस्तानमा कार बम बिस्फोट हुँदा ३० जनाको ज्यान गएको छ। लोगार प्रान्तको एक गेस्ट हाउसमा भएको बिष्फोटमा परि मृत्यु हुनेमा केही हाइस्कूलका विद्यार्थी रहेको स्थानीइ अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पूर्वी प्रान्त लोगारको राजधानी पुल–ए–आलम स्थित गेस्टहाउसमा विद्यार्थी बसेका थिए। सो गेस्ट हाउस नजिकै कार बम बिस्फोट भएको हो।

बिस्फोटमा ९० जना भन्दा धेरै मानिस घाइते भएका छन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

इस्लामिकहरुको पवित्र महिना रमादान चलिरहेका बेला बिस्फोट भएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै अफगानिस्तानमा हिंसाका घटनाहरु बढेका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर