५ जेष्ठ २०७८, बुधबार
गृह किर्गिस्तान–ताजिकिस्तान सीमामा पानीका विषयमा झडप, ३१ जनाको मृत्यु
किर्गिस्तान–ताजिकिस्तान सीमामा पानीका विषयमा झडप, ३१ जनाको मृत्यु

काठमाडौं। किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा झडप हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ। सयौं मानिस घाइते भएका छन्।

पानीको बिषयलाई लिएर शुरु भएको सोो झडपपछि उक्त स्थानबाट १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ। दुबै तर्फका मानिसले एक अर्का विरुद्ध ढुंगा प्रहार गर्न थालेपनि झडप भएको हो। दुई पक्षबीच भइरहेको झडपले हिंसात्मक रुप लिएको थियो।

यसअघि पानीको एक स्रोतको आसपास सीसी क्यामेरा जडान गरिएको थियो। त्यसपछि दुबै पक्ष पछि हट्न सहमत भएका थिए तर पछि यो क्षेत्रबाट बीच बीचमा गोली चलेको आवाज आइरको थियो।

किर्गिस्तानका स्वास्थ्य मन्त्री अलीजा सोल्टनबिकोवाले टेलिभिजनमा प्रसारित एक सन्देशमा जनाए अनुसार विहीबार शुरु भएको झडपका क्रममा ३१ जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन्।

किर्गिस्तान सरकारको तर्फबाट जारी गरिएको आँकडामा मर्नेमा एक वालक पनि रहेको जनाइएको छ।

यो झडपमा ताजिकिस्तानका कति नागरिको मृत्यु भएको भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन।

Facebook Comments
+ posts

हरेक खबर खास खबर