२ जेष्ठ २०७८, आईतवार
गृह नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडाैं। नेपालमा कोरोनाभाईरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। बुटवलको कोरोना विशेष अस्पतालमा आज बिहान २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

उपचारका लागि अस्पताल भर्ना भएका नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको मृत्यु भएको हो।

नवलपरासी रामग्रामकी ४५ वर्षीया महिलाको बिहान ४ बजे र रुपन्देही सुद्वोधन ५ का ५५ वर्षिय पुरुषको बिहान पौने छ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए।

यो सँगै रूपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९३ पुगेको छ।

उता कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।

कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर