२४ बैशाख २०७८, शुक्रबार
गृह कैलाली र कञ्चनपुरमा थप ७ कोरोना संक्रमितको मृत्यु
कैलाली र कञ्चनपुरमा थप ७ कोरोना संक्रमितको मृत्यु

कैलाली। पछिल्लो २४ घण्टामा कैलाली कञ्चनपुरमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीमा ३ र कञ्चनपुरमा ४ संक्रमितको मृत्यु भएको हो।

कैलालीमा जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

कोरोना संक्रमण देखिएपछि टीकापुर अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ मृत्यु भएको उनले बताए। यस्तै जिल्लाको लम्की चुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ। वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिबार बिहान १ बजे मृत्यु भएको हो।

शनिबार बिहानै कैलाली गोदावरी नगरपालिका १ का २८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।

यता कञ्चनपुरमा भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिकाङ१४ की ४८ वर्षीया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होमआइसोलेसनमा र दोधारा चाँदनीका १ जनाको डडेल्धुरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर