२६ बैशाख २०७८, आईतवार
गृह परशुराम नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने
परशुराम नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने

डडेल्धुरा। डडेल्धुराको परशुराम नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ।

विश्वभर फैलिएको कोरोना भाईरस सङ्क्रमणको दोश्रो भेरियन्टको संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थामा सम्भावित जोखिमबाट बच्न अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए। 

जिल्ला प्रशासन कार्यालय डडेलधुराले बैशाख १९ गते बिहान ६ बजेदेखि २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

यो अवधीमा नगरपालिका, मातहतका शाखा तथा वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर