२४ बैशाख २०७८, शुक्रबार
गृह बर्दियामा बैशाख ३१ गते सम्म निषेधाज्ञा
बर्दियामा बैशाख ३१ गते सम्म निषेधाज्ञा

बर्दिया। बर्दियामा बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी थप गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाले शुक्रबार साँझ डीसीसीएसीको सिफारिसमा जिल्ला सुरक्षा समितिले बैशाख ३१ गते सम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रशासनिक अधिकृत एवं सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए।

जिल्लामा कोरोना पोजेटिभहरुको संख्या दिनानुदिन बढीरहेको र अवस्था भयावह हुन नदिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको समेत ढकालले बताए। विना कारण घर बाहिर ननिस्कन, घर बाहिर निस्कनै परे माक्स लगाएर मात्र निस्कन सर्वसाधारणलाई ढकालले अनुरोध गरे।

छिमेकी जिल्ला बाँके, कैलाली र सिमावर्ती क्षेत्र भारतमा कोरोना पोजेटिभ दैनिक रुपमा बढ्दै गएपछि जिल्ला प्रशासनले बर्दिया प्रवेशमा समेत कडाइ गरेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर