२ जेष्ठ २०७८, आईतवार
गृह सरकारले कोरोना नियन्त्रण गर्नुभन्दा त्रास फैलाउने काम गर्याे: वर्षमान पुन
सरकारले कोरोना नियन्त्रण गर्नुभन्दा त्रास फैलाउने काम गर्याे: वर्षमान पुन

काठमाडौं। माओवादी केन्द्रका नेता वर्षमान पुनले कोरोनो संक्रमण नियन्त्रण गर्नुभन्दा सरकारले त्रास फैलाउने काम गरेको बताए। कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणमा नलागेर सरकारले गम्भीर लापरबाही गरिरहेको पनि पुनले आरोप लगाएका छन्।

नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको आरोप समेत लगाए। ‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने,’ पुनले भने, ‘जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केहीपनि चल्न सक्दैन।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको उपचारका लागि शैय्या उपलब्ध गराउन नसकिने अवस्था आएको भन्दै जारी गरेको विज्ञप्ती सच्याउनुपर्ने पनि नेता पुनको भनाइ छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमितको उपचारका लागि शैय्या उपलब्ध गराउन नसकिने अवस्था आएकाले नागरिकहरु आफै संक्रमणबाट जोगिनुपर्ने भन्दै अपिल गरेको थियो।

‘यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्यउपचार, चेकजाँच, परिक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ,’ नेता पुनले भने।

Facebook Comments
+ posts

हरेक खबर खास खबर