२६ बैशाख २०७८, आईतवार
गृह चट्याङ लागेर १ जनाको मृत्यु
चट्याङ लागेर १ जनाको मृत्यु

सुनसरी। सुनसरीको गढी गाउँपालिका–२ औरावनीका १ जनाको चट्याङ लागेर शनिवार मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन्।

सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्रकुमार कार्कीले भैंसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर