२ जेष्ठ २०७८, आईतवार
गृह सवारी दुर्घटना : एकको मृत्यु
सवारी दुर्घटना : एकको मृत्यु

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन्। पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना३८प ९३५३ नंको मोटरसाइकल र बा८च २९५३ नंको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले जानकारी दिए।

उनका अनुसार मोटरसाइकलमा सवार नवलपरासीका ३३ वर्षीया ज्योति अर्याल घाइते हुनुभएको छ। घाइते अर्यालको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर