५ जेष्ठ २०७८, बुधबार
गृह नेपालगञ्जमा थप तीन सङ्क्रमितको मृत्यु
नेपालगञ्जमा थप तीन सङ्क्रमितको मृत्यु

काठमाडौं। नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए।

उनका अनुसार, वैशाख १५ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ५८ वर्षीया महिलाको बिहान ९ः१५ बजे र भेरी अस्पतालमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुषको बिहान १०ः३० बजे मृत्यु भएको हो।

यसैगरी, भेरी अस्पतालमा वैशाख १३ गते भर्ना हुनुभएका दाङ तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४६ वर्षीय पुरुषको दिउँसो ३ बजे मृत्यु भएको स्रोत व्यक्ति तेज वलीले बताए। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर