२४ बैशाख २०७८, शुक्रबार
गृह विप्लव समूहले भन्योः पार्टी फुटेको छैन, धमलाले प्रतिबन्धकालमै पार्टी छाडेका हुन्
विप्लव समूहले भन्योः पार्टी फुटेको छैन, धमलाले प्रतिबन्धकालमै पार्टी छाडेका हुन्

काठमाडौं। विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीमा फुट नआएको दाबी गरेको छ। कृष्णप्रसाद धमलाको नेतृत्वमा गठन भएको मञ्चलाई विप्लव समूहले ‘सकारात्मक’ बताएको छ।

पार्टीबाट अलग भएर बेग्लै मञ्च घोषणा गरेका पूर्वनेता कृष्णप्रसाद धमला प्रतिबिन्धतकालमै पार्टी छाडेर स्वतन्त्र भएको विप्लव समूहले स्पष्ट पारेको छ।

धमलाले गठन गरेको मञ्चलाई पार्टी विभाजन मान्न नमिल्ने पार्टीले बताएको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यालयका तर्फबाट असलले जारी गरेको प्रेस वक्तव्यमा समाजवाद र क्रान्तिका पक्षमा मञ्चबाट योगदान गर्ने सोचाइ अगाडि सारिएको र त्यो कुरा आन्दोलनका लागि सकारात्मक नै हुने अपेक्षा गरिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर