२६ बैशाख २०७८, आईतवार
गृह गेटा मेडिकल कलेजलाई अस्थायी आइसोलेसन बनाइने
गेटा मेडिकल कलेजलाई अस्थायी आइसोलेसन बनाइने

काठमाडौ। गेटा मेडिकल कलेजलाई अस्थायी आइसोलेसन बनाइने भएको छ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेर शय्या अभाव हुन थालेपछि नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले गेटा मेडिकल कलेजलाई अस्थायी आइसोलेसन बनाएर कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरिएको हो।

सिसिएमसीले कलेज निर्माण समितिलाई पत्राचार गर्दै मेडिकल कलेजको भवन आइसोलेसनका लागि प्रयोग गर्न भनेको थियो।

सोही अनुसार मेडिकल कलेज निर्माण समितिले निर्णय गरी पठाएको पत्र हिजो जिल्ला संकट व्यवस्थापन समितिकहाँ प्राप्त भएको कैलालीका  सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए।

उनले खासखबरसंग भने,’शुरुमा होल्डिङ सेन्टर निर्माण गर्ने भनेर कुरा आएको हो। पछि सीसीएमसीको निर्देशन प्रप्त भएको र आइसोलेसन नै बनाउने गरि तयारी भइरहेको छ। हामी पूर्वाधारको तयारी गरिरहेका छौं।’

कोभिड संक्रमितको संख्याहरु निरन्तर बढ्दो छ, बेडहरुको अभाव भइरहेको स्थिती छ तपाई अझेँ पनि तयारीमै हुनुहुन्छ भन्ने प्रश्नमा चौधरीले भने,’हो संक्रमितको संख्या निकै बढिरहेको छ, धान्न नसकिने स्थिती सृिजना हुँदैछ, तर हामी पूर्वाधार संकलमा जुटेका छौँ चाँडै नै आइसोलेसन सञ्चालनमा आउँछ।’

निर्देशन आएपछि निर्माणाधीन कलेजको बनिसकेका भवनमा बिरामी राख्ने र उपचारको व्यवस्था मिलाउने तयारीमा लागेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर