५ जेष्ठ २०७८, बुधबार
गृह सिमा सील भएपनि मदिरा पिउनकै लागि नेपाल आउँछन् भारतीयहरु
सिमा सील भएपनि मदिरा पिउनकै लागि नेपाल आउँछन् भारतीयहरु

काठमाडौं। कोरोनाभाईरसको दोश्रो लहरलाई कम खगर्नका लगि भारतसंगका सिमानाहरु सील छन्। तरपनि पर्याप्त सुरक्षाकर्मी नाकामा नहुँदा सिल भएको सीमाबाट सहजै भारतीयहरू नेपाल प्रवेश गरिरहेका पाइएको छ।

दक्षिणी नाका भएर भारतीयहरू नेपालका सीमावर्ती बजारसम्म आउने गरेका छन्। नेपाली पनि भारतीय सीमावर्ती बजारमा किनमेल गरेर सहजै नेपाल प्रवेश गरिरहेका छन्। बुधबार झापा गाउँपालिकाको नाका भएर २० जना नेपाल प्रवेश गरेका थिए।

उनीहरूलाई पूर्व–पश्चिम राजमार्गस्थित सुरुंगा बजार आइपुगेर फर्काइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

यसैबीच भारतको सीमावर्ती क्षेत्रमा मदिरा निषेध गरिएतापनि सीमा सिल भएको समयमा समेत भारतीयहरुसहजै नेपाल भित्रिरहेका र मदिरा सेवन गरेर फर्किने गरेको पाइएको छ।

बुधबार साँझ गौरीगन्ज–४ स्थित सीमावर्ती बस्ती बाह्रशुद्धिमा भारतीय बस्ती खनियावरका लक्ष्मी ऋषिदेव र मेथुलाल ऋषिदेव मदिरा सेवन गर्न आएका सथानीयले बताए।

भारतबाट मदिरा सेवन गर्न दैनिक ५० जनाभन्दा धेरै आउने गरेको मदिरा पसल सञ्चालक बुललाल यादवले बताए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर