५ जेष्ठ २०७८, बुधबार
गृह लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गरे। पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन्।

विपक्षीको निवेदनको आधारमा आईतबार विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो। यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ।

दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए। उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर