२४ बैशाख २०७८, शुक्रबार
गृह मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत
मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ।

उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

साथै संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजूदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव टेबल हुने भएपछि मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिएका हुन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर