२ जेष्ठ २०७८, आईतवार
गृह लुम्बिनीमा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गर्ने
लुम्बिनीमा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गर्ने

काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गर्ने भएको छ।

माओवादी केन्द्रका नेता कुलबहादुर केसीले आफूसँग बहुमत रहेको भन्दै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने भएका हुन्। आज मात्रै मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएका छन्। संसदमा नेकपा एमालेसँग ४१ जना सांसद रहेका छन्।

केसीले ४२ जना सांसदहरुको हस्ताक्षरसहित आफूसँग बहुमत रहेको दाबी प्रस्तुत गर्ने तयारी गरेका छन्। केही सांसदले राजीनामा दिने सम्भावना रहेको स्रोतले जानकारी दियो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर