५ जेष्ठ २०७८, बुधबार
गृह मन्त्रिपरिषद्को बैठक आज बस्दै, के होलान् निर्णय?
मन्त्रिपरिषद्को बैठक आज बस्दै, के होलान् निर्णय?

काठमाडौं। मन्त्रीपरिषद् बैठक आज बस्दैछ। हरेक साताको सोमबार र बिहीबार बस्ने मन्त्रीपरिषद् बैठक आइतबार डाँकिएको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ।

बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने बताइएको छ।

इस्तै प्रधानमन्त्रीका विश्वास पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएको बनि बताइएको छ।

एक मन्त्रीले भने,‘हामीलाई बोलाइएको छ एजेण्डा त्यहीँ गएरै थाहा हुन्छ।’

Facebook Comments
+ posts

हरेक खबर खास खबर